नेपाली मन छुने गजल| बाचा कसम | उचाइमा चुल्छ मान्छे  


नेपाली मन छुने गजल | बाचा कसम | उचाइमा चुल्छ मान्छे  

अरुलाई लडाएपछि आफु उचाइमा चुल्छ मान्छे
कलियुग हो.. कसैको बर्बादी पश्चात् फुल्छ मान्छे ।

एक्लो जिन्दगी त यहा.. असफलतामा हो साथी
सफल हुनुस, चिनिमा पानी घुले झै घुल्छ मान्छे ।

मानव व्यबहार देखेर यहा भगवान हार खाइसके 
मौका पायो भने मान्छेकै रगत चुसेर डुल्छ मान्छे ।

अप्ठ्यारोमा लगाएको त्यो.. गुणको कुरा छोड्नुस 
स्वार्थ पुरा भएपछि आफ्नो धरातल भुल्छ मान्छे ।

लोग्ने स्वास्नीको माया पनि... पैसामा निर्भर भयो 
सम्बन्धलाई ढाल बनाएर सम्पत्ति बटुल्छ मान्छे ।

गरेका बाचा कसम

गरेका बाचा कसमबाट पछाडि सरे भने 
माफ गरिदिनु है सानु गल्ती गरे भने

एक्लै जिन्दगीको बाटो हिँड्न मन छैन
तिम्रो साथ बिना एक्लै खोली तरे भने

सधैं हराबरा रहनु दुःख नमान्नु तिमी 
म सुकेको फूलसरी ओइलिएर झरे भने

नमार्नु आफूभित्रका आशाका किरणहरू 
म दुःखी समयले ओझेलमा परे भने

अन्तिम सास रहेसम्म मेरो कर्तव्य निभाउनेछु। 
प्रिय गुनासो नगर्नु यदि अकालमै मरे भने ।।

यात्रामा छु म आफै